Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

कर्मचारीलाई मुक्का हानेको आरोपमा घिसिङ पक्राउ

काठमाडौं । सरकारी कर्मचारीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

धनकुटाको पाख्रिवास घर भइ हाल काठमाडौंको गोकर्णेश्वर नगरपालिका–६ का ४८ वर्षीय सुवास घिसिङलाई प्रहरी बिट नयाँ बस्तीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

घिसिङले सोमबार नयाँबस्ती एभरेष्ट पम्पसँगै रहेको बागमती सभ्यता एकीकृत विकास समिति गुहेश्वरी फाँटका कर्मचारी बलराम श्रेष्ठलाई मुक्का हानेका थिए ।

फोहोरको अनुगमन गर्ने क्रममा ठेकेदार समेत रहेका घिसिङले फोहोरको बिषयलाई लिएर विवाद गरेको मैनालीले बताए । घटनाबारे थप अनुसन्धानका लागि घिसिङलाई ज्यान मार्ने उद्योगमा तीन दिन म्याद थप गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077