Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

१४ किलो गाँजासहित तीन महिला पक्राउ

पर्सा। पर्साबाट गाँजासहित तीनजनालाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ ।

वीरगञ्ज महानगरपालिका ३१ सलकपुरस्थित जितपुर–रङ्गपुर सडकखण्डबाट १४ किलो गाँजासहित तीन जनालाई प्रकाउ सशस्त्र प्रहरीले गरेको हो ।

पक्राउ पर्नेमा सोही जिल्लाको बहुदरमाई नगरपालिका ८ बस्ने ३६ वर्षीया उस्मा देवी, ४२ वर्षिया आरती देवी र भारतमा घर बताउने ४२ वर्षीया अनन्त देवी छन् ।

मनहवाबाट जीतपुरतर्फ आउँदै गरेको ना २ ह २२१० नम्बरको अटोलाई सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा गाँजा फेला पारेको हो । पक्राउ परेकाहरूलाई बरामद गाँजा र अटोसहित आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय पर्सालाई बुझाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077