Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • पाकिस्तान : आतंकवादी हाफिज सईदका दुई सदस्यको गोली हानी हत्या , घटना मस्जिदसँग सम्बन्धित

    पाकिस्तान : आतंकवादी हाफिज सईदका दुई सदस्यको गोली हानी हत्या , घटना मस्जिदसँग सम्बन्धित

    अनलाइन नेपाल
  • बिहिबार, ३० असार २०७९
  • 846
    SHARES

    एजेन्सी। पाकिस्तानमा  हाफिज सईदको संगठन जमात-उल-दावाका दुई सदस्यको गोली हानी हत्या गरिएको छ।

    भारतीय संचारमाध्यमका अनुसार जमात-उल-दावाका दुवै सदस्य इद-उल-अधाको नमाज पढेर मस्जिदबाट फर्किरहेका बेला पाकिस्तानको पञ्जाब प्रान्तमा प्रतिद्वन्द्वी संगठनका सदस्यहरूले गोली हानेर हत्या गरेको बताइएको छ। यो घटना लाहोरबाट १३० किलोमिटर टाढा रहेको फैसलाबादको जरनवाला चक ९७ जिल्लामा आइतबार भएको हो ।



    राशिद अली र उनका साथी शाहिद फारुक जमात-उल-दावासँग सम्बन्धित थिए। उनीहरू (आइतबार) इद-उल-अधाको नमाज पढेर अहल-ए-हदीसको मस्जिदबाट निस्कँदै गर्दा शंकास्पद अशरफ काशी, जमील र अन्य दुईजनाले उनीहरूलाई रोकेका थिए।



    प्रहरीका अनुसार चार संदिग्धहरूले राशिद अली र उनका साथी शाहिद फारुकलाई गोली हानेका थिए। यस क्रममा फारुक रशिद अलीलाई बचाउन आएपछि आरोपीले फारुकलाई पनि गोली हानेको प्रहरीले जनाएको छ ।

    दुवैको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । राशिदका भाइ आसिफ अलीले प्रहरीलाई भने कि घटनाको समयमा उनी केही टाढा थिए। आसिफले रशिद र फारुकलाई गोली हानेपछि अभियुक्तले दुवैलाई लात हाने र धार्मिक नारा लगाएको बताए ।

    अर्कोतर्फ, प्रहरीले प्रारम्भिक अनुसन्धानबाट अभियुक्तहरू प्रतिद्वन्द्वी जमात अहले सुन्नतसँग आबद्ध रहेको खुलासा गरेको छ । हालसम्म कुनै पनि अभियुक्त पक्राउ परेका छैनन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार