Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

उपसभामुखमा पुष्पा भुसाल र विद्या भट्टराईको मात्र उम्मेदवारी

काठमाडौं– भोलि शुक्रबार हुने उपसभामुख पदको चुनावमा कांग्रेस र एमाले उम्मेदवार भिड्ने भएका छन्।

संघीय संसद सचिवालयका अनुसार निर्धरित समय भित्रमा दुई जना उम्मेदवारले मात्र मनोनयन दर्ता गराएका छन्।

जसमा सत्तारूढ गठबन्धनबाट कांग्रेसकी पुष्पा भुसाल र प्रमुख प्रतिपक्षी नेकपा (एमाले) की सांसद विद्या भट्टराईले उपसभामुख पदका लागि उम्मेदवारी दिएका छन्।

भट्टराई प्रतिनिधि सभा उपनिर्वाचनमा कास्की(२ बाट निर्वाचित एमाले सांसद हुन्। उनले शान्ता चौधरीको प्रस्ताव र कृष्णभक्त पोखरेलको समर्थनमा उम्मेदवारी दर्ता गराएकी छन्।

यस्तै कांग्रेस सचेतकसमेत रहेकी भुसालले नेकपा माओवादी केन्द्रका देवप्रसाद गुरूङ प्रस्तावक र एकीकृत समाजवादीकी लक्ष्मीकुमारी चौधरीको समर्थनमा मनोनयन दर्ता गराएकी हुन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077