Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

ड्युटीमा खटिएका प्रहरीमाथि आक्रमण गर्ने दुई जना प्रहरी नियन्त्रणमा

काठमाडौं । ड्युटीमा खटिएका प्रहरीलाई आक्रमण गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

सादा पोशाकका रहेका ३ जना प्रहरीलाई आक्रमण गर्ने सन्तोष भट्ट र राज थेवेलाई प्रहरीले पक्राउ गरेको हो ।

चाबहिलको मेडिकेयर अस्पताल नजिकै सादा पोसाकमा खटिएका प्रहरीलाई उनीहरूले इट्टाले प्रहार गरेको प्रहरी वृत्त गौशालाले जनाएको छ ।

ईट्टा प्रहारबाट दुई जना प्रहरीलाई चोट लागेको छ । ​आरोपीहरूलाई जिल्ला प्रशासन कार्यालयबाट म्याद लिएर प्रहरी वृत्त गौशालाले अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077