Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

नेपालमा बनेका पोशाकमात्रै लगाउने रवि लामिछानेको घोषणा

झापा । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले अबदेखि आफूले नेपालमा बनेका लुगाहरु मात्रै लगाउने घोषणा गरेका छन्।

आज झापामा आयोजित पार्टीको जिल्ला भेलामा उनले नेपालकै उत्पादनलाई प्राथमिकता दिने बताएका हुन्।

लामिछानेले नेपाली उत्पादनलाई प्रवर्द्धन गर्नुपर्ने भन्दै त्यसका लागि आफूबाटै सुरु गर्नुपर्ने धारणा व्यक्त गरे ।

स्वदेशी उत्पादनको प्रवर्द्धनमा आफ्नो पार्टी लागिपर्ने उनको भनाइ थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077