Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

वडाध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा दायर

डडेल्धुरा । डडेल्धुराका एक वडाअध्यक्षविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ।

माओवादी केन्द्रबाट परशुराम नगरपालिका–९ मा विजयी भएका देवबहादुर बोहराविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको हो।

पुनरावेदन मुद्दा दायर भएको अवस्थामा भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३३ को ऐन ३६ बमोजिम उनलाई निलम्बित गर्न जिल्ला निर्वाचन कार्यालयले परशुराम नगरपालिकालाई पत्र लेखेको छ।

'सो मुद्दा विचाराधिन अवस्थामा रहेकाले मुद्दा अन्तिम किनारा नलाग्दासम्म स्वतः निलम्बनमा रहने व्यवस्था रहेको हुँदा सो बमोजिम कार्यान्वयन गराउन निर्वाचन अयोगको पत्रअनुसार अनुरोध छ’ नगरपालिकालाई जिल्ला निर्वाचन कार्यालयले पठाएको पत्रमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077