Jul 27 2026 | २०८३, श्रावण ११ गते

27 Jul 2026 | सोमवार, श्रावण ११ गते २०८३

सोमवार, श्रावण ११ गते २०८३
images
images

चर्चित भारतीय गायक मेहन्दी पक्राउ

एजेन्सी । चर्चित भारतीय गायक दलेर मेहन्दी पक्राउ परेका छन् । मानव तस्करीको मुद्दामा पञ्जाबको पटियाला अदालतले दुई वर्षको सजाय सुनाएसँगै उनलाई प्रहरीले पक्राउ गरेको हो ।

उनलाई मानव तस्करीको मुद्दामा सन् २०१८ मा पटियाला अदालतले दुई वर्षको जेल सजाय सनाएको थियो। फैसलाविरुद्ध उनले अदालतमा चुनौती दिएका थिए । तर उक्त मुद्दामा सुनुवाइ गर्दै बिहीबार अदालतले पुरानै फैसलालाई सदर गरेपछि उनी पक्राउ परेका हुन् ।

उनलाई पटियाला जेलमा राखिएको छ। सो फैसलाविरुद्ध उनी उच्च उदालत गएका थिए। तर बिहीबार अदालतले पुरानै फैसलालाई सदर गरेपछि उनी पक्राउ परेका हुन्।

उनलाई सन् २००३ मा अवैध रुपमा मानव ओसारपसार गरेको मुद्दामा पटियाला अदालतले दोषी ठहर गरेको हो।

दलेर मेहन्दी र उनका भाइ शमशेर सिंहमाथि प्रशासनलाई छलेर केही व्यक्तिलाई आफ्नो टीमसँगै विदेश लगेको आरोप थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077