Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

आईजीपीमा सिंहको नियुक्ति सदर, पोखरेलविरुद्ध बर्खास्ती प्रक्रिया सुरु

काठमाडौं । सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक (आईजीपी) मा धिरजप्रताप सिंहलाई नियुक्ति गर्ने मन्त्रिपरिषद्को निर्णय सदर गरेको छ । कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश कुमार चुडालको इजलासले सिंहलाई आईजीपी नियुक्ति गर्ने सरकारको निर्णय कानुनसम्मत भएको ठहर गर्दै सदर गरेको हो ।

प्रहरी महानिरीक्षकमा सिंहलाई नियुक्ति गर्ने मन्त्रिपरिषद्को निर्णयविरुद्ध अतिरिक्त महानिरीक्षक (एआइजी) विश्वराज पोखरेलले गत वैशाख १९ गते सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए । एआइजी पोखरेल विदामा बसेर सरकारविरुद्ध नै मुद्धा लडिरहेका थिए । उनको विदासमेत अस्वीकृत हुँदै आएको छ ।

उनी कार्यालयमा समेत हाजिर भएका छैनन् । विदा अस्वीकृतसँगै पोखरेल हाजिर नभएको हुँदा गृह मन्त्रालयले विभागीय कारबाही प्रक्रिया सुरु गरिसकेको स्रोतले बतायो । गृह स्रोतका अनुसार पोखरेलमाथि बर्खास्ती प्रक्रिया सुरु हु्न लागेको छ ।

रिट निवेदनमा आफूभन्दा डेढ वर्ष कनिष्ठलाई सरकारले आईजीपी नियुक्ति गरेको भन्दै सरकारको निर्णय बदर गर्न माग गरिएको थियो । तर पोखरेल आँफै वरियता मिचेर पटक-पटक बढुवा हुँदै आएका प्रहरी अधिकारी हुन । पोखरेलले साउन २० गते अबकाश पाउँदैछन् ।

पोखरेलले निलम्बित प्रधानन्यायाधिस चोलेन्द्रशमेशेर जबराको आडमा वरियता मिचेर एसएसपीबाट डिआईजी हुँदै एआईजीसम्म फड्को मारेका थिए । गत वैशाख १८ गते बसेको मन्त्रिपरिषद् बैठकले सिंहलाई प्रहरी महानिरीक्षकमा बढुवा गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077