Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

प्रतिनिधि सभाको उपसभामुखमा पुष्पा भुसाल निर्वाचित

काठमाडौं । प्रतिनिधि सभाको उपसभामुखमा पुष्पा भुसाल निर्वाचित भएकी छन् ।

​ प्रतिनिधि सभामा शुक्रबार भएको निर्वाचनमा भुसाल र एमालेका विद्या भट्टराईबीच भएको प्रतिस्पर्धामा भुसाल निर्वाचित भएकी हुन् ।

मत विभाजनका आधारमा भएको भएको निर्वाचनमा भुसालको पक्षमा सत्तारुढ दल नेपाली काँग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा नेपाल, लोसपा र राष्ट्रिय जनमोर्चाका सांसदले दस्तखत गरेका थिए ।

भट्टराईको पक्षमा राप्रपाका सांसदले मत दिएका थिए भने नेमकिपाले कसैलाई पनि मत दिएन । २०७६ साल माघ ६ गते तत्कालीन उपसभामुख शिवमाया तुम्बाहाम्फेले राजीनामा दिएपछि अहिलेसम्म खाली रहेको यो पदमा आज चुनाव भएको हो ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077