Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

वीरगञ्जबाट लागूऔषधसहित तीनजना भारतीय नागरिक पक्राउ

वीरगञ्ज । वीरगञ्जमा लागूऔषधसहित तीनजना भारतीय नागरिक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भारतको विहार मोतिहारी थाना सुगौली १९ का साहेव आलम, भारत विहार, पूर्वी चम्पारण थाना रामगढवाका गुलाब मियाँ र १७ वर्षीय बालक रहेका छन् ।

वीरगञ्ज महानगरपालिका २५ सिर्सियाको बाटो हुँदै लागूऔषध गाँजा ओसार पसार कार्य भैरहेको भन्ने प्राप्त सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट प्रहरी निरीक्षक प्रज्वल थपलियाको कमाण्डमा खटिएको टोलीले सिर्सिया सडकखण्डबाट एनएल ०२ जी ३७९१ नम्बरको भारतीय ट्रकसहित उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

ट्रकको चालक बस्ने क्यावीनमा लुकाइछिपाइ राखेको अवस्थामा १० किलोको २५ पोका जम्मा २५० किलो लागूऔषध (गाँजा) बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रल्हाद कार्कीले जानकारी दिए ।

पक्राउ परेका तीनै जनामाथि लागूऔषध सम्बन्धी कसूरमा अनुसन्धान अगाडि बढाइएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077