Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

दुई अंकले बढ्यो सेयर बजार परिसूचक नेप्से

काठमाडौं । आइतबार सेयर बजार परिसूचक नेप्सेमा सामान्य वृद्धि भएको छ । काराबोर अवधिभर उतारचढाव देखिएको सेयर बजारमा समान्य वृद्धि भएको हो । आइतबार नेप्से १.९३ अंक (०.१० प्रतिशत) ले बढेर २०११.३९ अंकमा बन्द भएको छ ।

बजारलाई लिड गर्ने बैंकिङ सहित व्यापार, उत्पादनमुलक, जीवन बीमा र लगानी उपसूचकमा वृद्धि भएको छ । लगानी उपसूचक सर्वाधिक ०.९१ प्रतिशत, उतपादनमुलक उपसूचक ०.८६ प्रतिशत र बैंकिङ उपसूचक ०.६३ प्रतिशतले वृद्धि भएको हो । नेप्सेमा समान्य वृद्धि हुँदा कारोबार रकम १ अर्बमा झरेको छ ।

शुक्रबार २ घण्टा मात्रै कारोबार भएको बजारमा १ अर्ब ४५ करोडको सेयर किनबेच हुँदा आइतबार कारोबार रकम त्यति पनि पुग्ने सकेन । ३० लाख ४५ हजार ८८९ कित्ता सेयर किनबेच हुँदा १ अर्ब २३ करोड २५ लाखको कारोबार भएको छ । कारोबारमा आएकामध्ये अपर तामोकोशी हाइड्रोपावरको ६ करोड ५ लाखको कारोबार भएको छ । यस्तै हिमालयन डिस्टिलरीको ४ करोड ७७ लाखको कारोबार भएको छ । आइतबार धेरै मूल्य बढ्नेमा राधी जलविद्युत् कम्पनी रहेको छ ।

कम्पनीको सेयरमूल्य ५.४८ प्रतिशतले वृद्धि हुँदा प्रभु बैंकको सेयरमूल्य ४.७३ प्रतिशतले बढेको छ । यता प्रभु सेलेक्ट फण्डको इकाइ मूल्य सवार्धिक ९.७८ प्रतिशतले गिरावट हुँदा सामुदायिक लघुवित्तको सेयरमूल्य ७.५० प्रतिशतले गिरावट भएको छ । कारोबार अवधिभर १७९ कम्पनीको सेयर कारोबार भएकोमा ८४ कम्पनीको सेयरमूल्य बढेको छ । यस्तै ८७ कम्पनीको सेयरमूल्य गिरावट हुँदा ८ सूचीकृत कम्पनीको सेयरमूल्य भने स्थिर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077