Online Nepal
  • आइतबार, २० जेष्ठ २०८१
  • अपांगता भएकी युवतीलाई बलात्कार गरेको आरोपमा दुई जना पक्राउ

    अपांगता भएकी युवतीलाई बलात्कार गरेको आरोपमा दुई जना पक्राउ

    अनलाइन नेपाल
  • आइतबार, १ साउन २०७९
  • 714
    SHARES

    फाइल तस्विर

    बैतडी । अपांगता भएकी युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

    २० वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा दोगडाकेदार–४ का ५१ वर्षीय गोपीराम चुनारा र ३२ वर्षीय ललित चुनारालाई प्रहरीले पक्राउ गरेको हो ।



    उनीहरूले २७ असार दिउँसो युवतीलाई फकाएर गोठमा लगी बलात्कार गरेको पीडितका आफन्तले बताएका छन् ।



    पीडित युवतीको उजुरीका आधारमा उनीहरूलाई पक्राउ गरी घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार