Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

हक्कानीको अमेरिकासँग आग्रह : रोक्का रकम फुकुवा गरिदेऊ

एजेन्सी । अफगानिस्तानले आफ्नो सात अर्ब अमेरिकी डलर सम्पत्तिमाथि लगाइएको प्रतिबन्ध अन्यायपूर्ण भएको बताउँदै अमेरिकालाई उक्त सम्पत्ति फुकुवा गर्न आह्वान गरेको छ ।

अफगानिस्तानको खोस्ट प्रान्तमा भएको एक भेलालाई सम्बोधन गर्दै हक्कानीले भने, “अफगानिस्तानबाट ‘पश्चिमी प्रभाव’ हटाइएमा स्वतःस्फूर्तरुपमा मुलुकमा समावेशी सरकार गठन हुने टोलो न्यूजले हक्कानीलाई उद्धृत गरी लेखेको छ ।

हक्कानीले भने, “अफगानीहरूले २० वर्षसम्म अमेरिकाको विरुद्धमा लड्यौँ ।” हक्कानीले समावेशी सरकार गठनका लागि लामो समय लाग्ने बताउँदै मुलुकले पहिचानको पर्खाइमा बस्नु नपर्ने र आवश्यक कदम चाल्नुपर्ने बताए ।

देशले अन्य कुनै पनि मुलुकका लागि खतरा उत्पन्न गर्ने छैन र तिनीहरूबाट पनि यस्तै सहभागिता मागेको हक्कानीले बताए । आन्तरिक मन्त्रीले राष्ट्रलाई एकताबद्ध रहन र एकअर्कालाई स्वीकार्न आग्रह पनि गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077