Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

इमरान खानको पार्टी पञ्जाब उपचुनावमा विजयी

एजेन्सी । आइतबार भएको पञ्जाब विधानसभा सिटमा भएको उपचुनावमा पाकिस्तान तहरीक–इ–इन्साफ (पीटीआई) विजयी भएको छ ।

पाकिस्तान मुस्लिम लिग–नवाज (पीएमएल–एन) ले पञ्जाब विधानसभाको २० सिटमा भएको महत्वपूर्ण उप चुनावमा आफ्नो प्रतिद्वन्द्वीलाई विजयको लागि बधाई दिएको छ ।

आइतबारको प्रारम्भिक नतिजा अनुसार, पीटीआई उम्मेद्वारहरूले मुल्तान डेरा गाजी खान, साहिवाल, र खुशाब प्रान्तीय विधानसभा सिटमा विजय हासिल गरेको छ, जबकि पार्टीले प्रान्तका १५ निर्वाचन क्षेत्रहरूमा अग्रता लिएको एक्सप्रेस ट्रिब्युनले जनाएको छ ।

आफ्नो पार्टीको उपचुनाव अभियानको नेतृत्व गरिरहेकी पीएमएल–एन उपाध्यक्ष मरियम नवाजले सत्तारुढ दलले चुनावी नतिजालाई खुला हृदयले स्वीकार गर्नुपर्ने बताइन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077