Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

वेन स्टोक्सले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटबाट लिए सन्यास

एजेन्सी । इङ्ल्यान्ड राष्ट्रिय क्रिकेट टोलीका खेलाडी वेन स्टोक्सले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् ।

स्टोक्सले सोमबार सामाजिक सञ्जालमा एक पोष्ट हाल्दै सन्यासको घोषणा गरेका हुन् । उनले आइतबार मात्र भारतविरुद्ध एकदिवसीय क्रिकेट खेलेका थिए ।

उनले अब एकदिवसीय क्रिकेट नखेल्ने घोषणा गरेका हुन् । उनले सन्यास घोषणा गर्दा आफूलाई निकै नरमाइलो लागेको बताएका छन् । ‘यो निर्णय लिन मलाई निकै गाह्रो भएको थियो । मैले मेरो टोलीसँग लामो समय बिताएको छु । इङ्ल्यान्डको जर्सी लगाएर खेल्न नै मेरो लागि खुसीको क्षण हो । मैले मेरो टिमका लागि एक दिवसीयमा यतिनै दिन्छु भन्ने लागेको थियो,’ स्टोक्सले भने ।

उनले यो अवस्थामा आफूले खेलिराखे अर्को खेलाडीको ठाउँ ओगटे जस्तै हुने भएकाले छिटै यो निर्णयमा पुगेको बताए ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077