Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

विराटनगरबाट अपहरित एक वर्षीया निकिसाको भारतमा सकुशल उद्धार

मोरङ । विराटनगरबाट सोमबार अपहरणमा परेकी एक वर्षीया बालिकाको प्रहरीले सकुशल उद्धार गरेको छ ।

विराटनगर–१३ की दीपेन्द्र यादवकी छोरी निकिसा सोमबार बिहान ८ बजे अपहरणमा परेकी थिइन् ।

प्रहरीले बुधबार भारतको दरभंगाबाट अपहरणमा परेकी निकिसालाई सकुशल उद्धार गरेको हो । अपहरणमा संलग्न एक महिलालाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।

मोरङको बुढीगंगा गाउँपालिका १ का दीपेन्द्र यादव र ममता यादवकी एक वर्षीया छोरी निकिसालाई दिपेन्द्रकी प्रेमिका अञ्जली साहले अपरहण गरेर दरभंगा पुर्‍याएको अवस्थामा सकुशल उद्धार गरेको जिल्ला प्रहरी मोरङका प्रवक्ता डीएसपी दीपक कार्कीले बताए ।

उनले बालिका र अपहरणमा संलग्न साहलाई अहिले बाटोमा ल्याउने क्रममा रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077