Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

मनमैजुबाट ९ जना जुवाडे पक्राउ

काठमाडौं । तारकेश्वर नगरपालिका–१० मनमैजुबाट प्रहरीले जुवा खेलिरहेका ९ जनालाई पक्राउ गरेको छ ।

धादिङको खनियाबास गाउँपालिका–४ घर भएका ३९ वर्षीय अजय तामाङको टहरोमा जुवातास खेलिरहेका ९ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

उक्त टहरोमा जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त बालाजुबाट खटिएको टोलीले छापा मारेको थियो ।

जुवाखालबाट ७० हजार ३ सय रूपैयाँ नगद र ४ बुक तास बरामद गरिएको प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077