Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

प्रदीप ज्ञवालीले भने - मेरो फोटो जोडेर ट्रोल गर्नेको भान्सा सस्तो होस्

काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले महँगीको विषयमा आफूले बोलेको विषयलाई विषयान्तर गरेर ट्रोल बनाइएकोमा गुनासो गरेका छन् ।

आफ्नो फोटोलाई लिएर ट्रोल बनाउनेको भान्सा सस्तो होस् भन्ने उनले शुभकामना दिए ।

बिहीवार बसेको प्रतिनिधिसभा बैठकको विशेष समयमा ज्ञवालीले मूल्यवृद्धिबारे बोल्दा सत्तापक्षका कार्यकर्ताबाट आफू ट्रोल बन्नु परेको गुनासो गरेका हुन् ।

यसअघि एमालेको उपभोक्ता हित विभागले आयोजना गरेको कार्यक्रममा ज्ञवालीले आफ्नो भान्सामा दुई थरी तरकारी पाक्न छाडेको बताएका थिए । सो विषयलाई लिएर सामाजिक सञ्जालमा ज्ञवालीप्रति कटाक्ष गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077