Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

नेप्सेमा पाँच अंकको करेक्सन,कारोबार रकम १ अर्ब ६४ करोडमा सीमित

काठमाडौं ।  साताको चार दिन निरन्तर उकालो लागेको सेयर बजार बिहीबार आएर ५ अंक बढीले घटेको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से सूचक ५.८७ अंकले घट्दै २०४४.७२ अंकमा झरेको हो ।

अघिल्लो दिन यस्तो सूचक १६ अंकले बढ्दै २०५० विन्दुमा अडिएको थियो । यसदिन बैंकिङ र अन्य समूहको उपसूचक बाहे सबैजसो उपसूचकहरु ऋणात्मक भएका छन् । बैंकिङ समूहको उपसूचक आज ०.१७ प्रतिशतले बढेको छ भने अन्य समूहको उपसूचक १.०९ प्रतिशतले बढेको छ ।

ट्रेडिङ समूहको उपसूचक १.५८ प्रतिशतले घटेको छ भने जीवन बीमा समूहको उपसूचक १.५२ प्रतिशतले, इन्भेष्टमेन्ट समूहको उपसूचक १.०७ प्रतिशतले घटेको छ ।

यस्तै, डेभलपमेन्ट समूहको उपसूचक ०.९८ प्रतिशतले, निर्जीवन बीमा समूहको उपसूचक ०.७८ प्रतिशतले, होटल तथा पर्यटन समूहको उपसूचक ०.७५ प्रतिशतले, हाइड्रोपावर समूहको उपसूचक ०.६१ प्रतिशतले, माइक्रोफाइनान्स समूह ०.४८ प्रतिशतले, म्युचुअल फन्ड समूह ०.४४ प्रतिशतले, म्यानु एण्ड प्रो ०.२५ प्रतिशतले र फाइनान्स समूह ०.९ प्रतिशतले घटेका छन् । ५ अंक माथिले घटेको बजारमा आज १ अर्ब ६४ करोड २६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077