Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

अफगान सरकारको आलोचना गर्नेलाई कडा सजाय

एजेन्सी । तालिबानले एउटा नयाँ आदेश जारी गर्दै ‘इस्लामिक इमिरेट्स अफ अफगानिस्तान’का विद्वान र सार्वजनिक सेवकहरूको बिना कुनै प्रमाण आलोचना गर्नेहरूलाई सजाय दिने चेतावनी दिएको छ ।

यस्तो सजाय इशारा, शब्द वा अन्य जुनसुकै माध्यममार्फत हुन सक्ने उसले जनाएको छ ।

तालिबानका प्रवक्ता जबिउल्लाह मुजाहिदले आफ्ना नेता मुल्ला हेबतुल्लाह अखुन्दजादालाई श्रेय दिँदै उक्त नयाँ निर्देशन प्रकाशित गरेका छन् ।

तालिबानका सर्वोच्च नेता अखुन्दजादाको नयाँ निर्देशनअनुसार जनतालाई सरकारी कर्मचारी र अधिकारीविरुद्ध अनावश्यक आरोपहरू रोक्न उर्दी दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077