Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

लागूऔषधसहित तीन जना पक्राउ

महोत्तरी । प्रहरीले लागूऔषध सहित तीन जनालाई पक्राउ गरिएको छ ।

पक्राउ पर्नेमा सिन्धुलि दुधौलि नगरपालिका वडा नम्वर १० बस्ने २७ वर्षीय प्रदिप सेन्चुरी, उनकै श्रीमति २६ वर्षीय दिलमाया भुजेल, २२ वर्षीय बिशाल सेन्चुरी रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

गोप्य सूचनाको आधारमा महोत्तरीको औरही नगरपालिका वडा नम्वर ४ कठुधार अस्थायी प्रहरी चौकीबाट खटिएको प्रहरी टोलिले चेक जाँच गर्ने क्रममा उनिहरूको साथबाट नाइट्राभेट लेखिएको ९९ पिस ट्याबलेट बरामद भएको महोत्तरी प्रहरीका प्रवक्ता प्रकाश विष्टले जानकारी दिए ।

पक्राउ परेकाहरूलाई महोत्तरी जिल्ला अदालत जलेश्वरबाट लागूऔषध मुद्दामा ५ दिनको म्याद थप गरी अन्य अनुसन्धान सुरू गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077