Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

कैलालीबाट लागूऔषधसहित चारजना पक्राउ

कैलाली । कैलालीमा लागूऔषधसहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भजनी नगरपालिका-३ बस्ने २३ वर्षीय बुटा सिंह, टीकापुर-१ बस्ने वर्ष ३१ का जिवन शाह र टीकापुर-६ नरायणपुर बस्ने वर्ष २१ का अमित रावल रहेको प्रहरीले जनाएको छ ।

भजनी नगरपालिका ३ बुटा सिंहको घरमा खैरो हिरोईनको कारोबार भइरहेको सूचनापछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

उनीहरुलाई ईलाका प्रहरी कार्यालय भजनीबाट खटिएको प्रहरी टोलीले ५ ग्राम ४७० मिलिग्राम खैरो हेरोईनसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

यस्तै कैलालीको लम्कीचुहा नगरपालिका-८ बचेलाका शिशिर साउदलाई पनि प्रहरीले लागूऔषधसहित पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय टीकापुर मातहत प्रहरी चौकी कालाकुण्डाबाट खटिएको प्रहरी टोलीले उनको साथबाट १८ ट्यावलेट नाईट्राभेट १० लेखेको पत्ता बरामद गरेको थियो । उनीहरुमाथि थप अनुसन्धा भइरहेको कैलाली प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077