Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

छोरीले अधिकार प्राप्तिका लागि लड्न अझै बाँकी छ : मन्त्री भुसाल

काठमाडौं । ऊर्जा तथा जलस्रोतमन्त्री पम्फा भुसालले छोरीले अधिकार प्राप्तिका लागि लड्न अझै बाँकी रहेको बताएकी छन्।

अखिल (क्रान्तिकारी) ले आयोजना गरेको मनिषा आचार्यको उपन्यास विमोचन कार्यक्रममा उनले महिलाले कानुनी रूपमा अधिकार प्राप्त भए पनि अझै कार्यान्वयनका लागि लड्न बाँकी रहेको उल्लेख गरिन्।

महिलाको सम्पत्तिमा अधिकार कानुनी रूपमा प्राप्त भए पनि अझै पूर्ण रूपमा कार्यान्वयनमा आउन नसकेको उनले उल्लेख गरिन्।

उनले भनिन्, ‘सम्पत्ति माग्दा दाजुभाइ रिसाउँछन् कि भन्ने भयले महिलाले सम्पत्ति माग्न सकिरहेका छैनन्।’
आफैँले पनि अध्ययन सुरु गरेदेखि राजनीतिमा संलग्न हुँदासम्म पटकपटक विद्रोह गरेको मन्त्री भुसालले बताइन्।

छोरीले पढ्नु हुँदैन भन्ने समयमा विद्यालय हुँदै उच्च शिक्षा लिनु आफैँमा विद्रोह भएको उनले उल्लेख गरिन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077