Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

सूचना उपलब्ध नगराउने परीक्षा नियन्त्रण कार्यालयका प्रमुखलाई जरिवाना

काठमाडौं । सूचना लुकाउने त्रिभुवन विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालय प्रमुखलाई जरिवाना तिराइएको छ ।

राष्ट्रिय सूचना आयोगले कार्यालयका प्रमुख परीक्षा नियन्त्रक पुष्पराज जोशीलाई सूचनाको हकसम्बन्धी ऐनअनुसार २० हजार रुपैयाँ जरिवाना गराएको हो ।

रौतहट मलोहिया–५ निवासी राजीव दासले माग गरेको सूचना उपलब्ध नगराएबापत आयोगले जोशीलाई कारबाही गरेको हो ।

पटक-पटक लिखित जवाफ माग गर्दा तथा सूचना उपलब्ध गराउन आदेश दिँदा पनि सूचना उपलब्ध नगराएपछि कारबाही गरिएको सूचना आयुक्त कमला ओली थापाले बताइन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077