Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

बिहीबार १५ अंकले बढ्यो शेयर बजार परिसूचक नेप्से, करिब ५ अर्बको कारोबार

काठमाडौं । सेयर कारोबारको पाँचौं दिन बिहीबार नेप्से परिसूचक १५.४९ अंकले बढेको छ। नेप्से १५.४९ अंकले बढेर २१२७.४७ विन्दुमा पुगेको छ। दोहोरो अंकले बढेको सेयर बजारमा हिजोको तुलनामा आज कारोबार रकम पनि बढेको छ।

आज करिब ५ अर्बको सेयर कारोबार भयो। हिजो बुधबार २२७ कम्पनीको ७५ लाख ८ हजार १८८ कित्ता सेयर ३ अर्ब १६ करोड १४ लाख ५५ हजार १४२ रुपैयाँमा खरिदबिक्री भयो। आज २२१ कम्पनीका १ करोड १९ लाख ५५ हजार ७६ कित्ता सेयर ४ अर्ब ९७ करोड ६४ लाख ३३ हजार १०५ रुपैयाँमा खरिदबिक्री भयो।

कारोबारमा आएका १३ वटा समूहमध्ये १० वटाको सूचक उकालो लागेको छ। फाइनान्स समूहको सूचक सर्वाधिक ३.२७ प्रतिशतले बढ्यो भने म्यानु एण्ड प्रो समूहको सूचक ०.५२ प्रतिशत घट्यो।

कारोबार रकमका आधारमा अरुण काबेली अग्रस्थानमा रह्यो। सो कम्पनीको १७ करोड ९६ लाख बढीको सेयर खरिदबिक्री भयो। यसदिन एउटा कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो भने ३ कम्पनीको ९ प्रतिशत बढीले मूल्य बढ्यो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077