Jun 18 2026 | २०८३, आषाढ ४ गते

18 Jun 2026 | बिहिवार, आषाढ ४ गते २०८३

बिहिवार, आषाढ ४ गते २०८३
images
images

दुष्प्रचारयुक्त सामग्री रोक्न काउन्सिल गम्भीरः अध्यक्ष बस्नेत

काठमाडौं । नेपाल मतदाता अधिकार मञ्चले निर्वाचनको समयमा सामाजिक सञ्जालको दुरुपयोग रोक्नुपर्ने माग गर्दै प्रेस काउन्सिल नेपालको ध्यानाकर्षण गराएको छ ।

काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतलाई बिहिबार मञ्चका अध्यक्ष भक्त विश्वकर्मा लगायतको टोलीले ध्यानाकर्षण पत्र बुझाउँदै मिथ्या र भ्रमपूर्ण अभिव्यक्तिलाई निरूत्साहित गर्नुपर्ने जनाएको हो ।

ध्यानाकर्षण पत्रबुझ्दै अध्यक्ष बस्नेतले दुष्प्रचारयुक्त सामग्री तथा द्वैषपूर्ण अभिव्यक्तिलाई स्थान नदिन गएको स्थानीय तहको चुनावमा काउन्सिलले प्रभावकारी अनुगमन गरेको बताए । उनले पत्रकारको सामाजिक सञ्जालको समेत अनुगमन गरी कुनै दल वा उम्मेदवार विशेषको प्रचार–प्रसारलाई अतिरञ्जना गर्ने, आधारहीन, अप्रमाणित तथ्यलाई लिएर विभिन्न टिकाटिप्पणी गर्ने, आरोपप्रत्यारोप, दुष्प्रचार, चरित्रहत्या हुने किसिमका सामग्रीको सुक्ष्म अनुगमन गरी तत्कालै सचेत गराइएको जानकारी दिए ।

“अनुगमनबाट चरित्र हत्या हुने गरी अतिरञ्जित एवं दुरासययुक्त सामग्री सञ्जालबाट सम्प्रेषण हुँदा पहिलो चरणमा ‘क्वीक रेस्पोन्स’ स्वरुप टेलिफोनबाट सचेत गरायौँ,” अध्यक्ष बस्नेतले भने । अब आउने निर्वाचनमा पनि गलत समाचार, दुष्प्रचार र घृणास्पद (द्वैषपूर्ण) अभिव्यक्ति सञ्चार माध्यमबाट सम्प्रेषण हुनसक्ने भएकाले यसबारे काउन्सिलले आयोगसँग छलफल गरेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077