Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एक बर्षसम्म सार्वजनिक भएन स्नातक प्रथम वर्षको परीक्षाको नतिजा

काठमाडौं । २०७८ साउनमा भएको स्नातक प्रथम वर्षको परीक्षाको नतिजा त्रिभुवन विश्वविद्यालयले अझै सार्वजनिक गरेको छैन ।

नतिजा सार्वजनिक नहुँदा विद्यार्थी अन्योलमा परेका छन् । परीक्षा नियन्त्रक पुष्पराज जोशीले भने नतिजा सार्वजनिक हुने क्रममा रहेको र कतिपय विषयको सार्वजनिक हुन थालेको बताए ।

उनले भने, ‘कतिपय विषयको सार्वजनिक भइरहेका छन् । सम्भवत साउन महिनाभित्र सार्वजनिक भइसक्छन् ।’ विविध समस्याले गर्दा समयमा नतिजा प्रकाशन गर्न ढिलाइ भइरहेको बताए ।

कोभिड–१९ महामारीका कारण स्नातक तहको तेस्रो वर्षको परीक्षा सरेर चैतमा मात्रै भएको थियो । तेस्रो वर्षको नतिजा पनि अझै सार्वजनिक हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077