Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

माधव नेपालको प्रश्न - नेताहरुलाई देश बनाउने कुराले पिरोल्छ कि पिरोल्दैन ?

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव माधवकुमार नेपालले नेताहरूलाई पैसा जम्मा गर्ने कुराले मात्रै पिरोलेका कारणले देश नबनेको बताएका छन्। पार्टी स्कुल विभागको कार्यक्रममा बोल्दै उनले नेताहरूलाई पैसा जम्मा गर्ने कुराले मात्रै पिरोल्न थालेको बताएका हुन्।

‘आज एकजनासँग भेट भएको थियो। उहाँले यो देशका नेता कस्ता छन्? देश बनाउने कुराले पिरोल्छ कि पिरोल्दैन होला भनेर प्रश्न गर्नुभयो? मैले भनेँ, पैसा जम्मा गर्ने कुराले पिरोल्छ। तर, देश किन बनेन? भन्ने कुराले पिरोलेको म पाइरहेको छैन’ उनले भने।

अध्यक्ष नेपालले इमान्दार र निष्ठावान भएर देशलाई परिवर्तनमा कसरी लाग्ने भन्ने विषयमा जिम्मेवार बन्नुपर्ने बताए। उनले भने, ‘यो देश बनाउने कसरी? समाज रूपान्तरण कसरी गर्ने? अन्य देशले कसरी परिवर्तन गरे त्यो कसरी सिक्ने? विगतको अनुभवबाट कसरी शिक्षा लिने? भन्ने विषयमा केन्द्रित हुनुपर्छ।’

उनले प्रदेश प्रदेशमा पार्टी स्कुलको व्यवस्था गरेर युवा शक्तिलाई परिचालन गर्नेसमेत बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077