Online Nepal
  • बुधबार, ९ जेष्ठ २०८१
  • नेवार समुदायभित्रका बौद्ध धर्मावलम्बीको पवित्र महिना गुँला पर्व सुरु

    नेवार समुदायभित्रका बौद्ध धर्मावलम्बीको पवित्र महिना गुँला पर्व सुरु

    अनलाइन नेपाल
  • शुक्रबार, १३ साउन २०७९
  • 819
    SHARES

    काठमाडौं । नेवार समुदायभित्रका बौद्ध धर्मावलम्बीको पवित्र महिना गुंला सुरु भएको छ । बौद्ध धर्मावलम्बीहरु बिहानै आजदेखि एक महिनासम्म विभिन्न तीर्थस्थलमा जाने चलन छ ।

    विशेष गरेर काठमाण्डौको स्वयम्भूमा भिड लाग्ने गर्दछ । स्वयम्भूमा बिहानैदेखि दर्शनार्थीको भिड छ । ककाठमाडौंका भित्री टोलका शाक्य, बज्राचार्य, साय्मी, उदाय र महर्जन समुदायका गुंला बाजा समूह दिनहुँ बाजागाजासहित स्वयम्भू परिक्रमा गर्ने चलन छ ।



    गुंला महिनामा स्वयम्भूमा उपत्यकाबाट मात्र नभएर उपत्यका बाहिरबाट एक महिनासम्म दिनहुँ हजारौँ भक्तजन आउने गर्दछन् ।



    यसैबीच ललितपुरमा आजदेखि ब्वगी जाने भनेर मतयास्को रुट निरीक्षण गर्न जान सुरु भएको छ । हरेक वर्ष स्थानीय बासिन्दा आजका दिनदेखि नै मतयास्को रुट निरीक्षण गर्न जाने गर्दछन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार