Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

अफगानिस्तानको पूर्वी क्षेत्रमा तीनजना आईएस लडाकु मारिए

एजेन्सी । अफगानिस्तानमा सुरक्षा बलको आक्रमणमा कम्तीमा तीन इस्लामिक स्टेट (आईएस) लडाकूलाई मारिएका छन् ।

अफगान सुरक्षा बलले बिहीबार राति पूर्वी लाघमान प्रान्तको अलिङ्गर जिल्लाको कुण्डा गुल क्षेत्रमा आईएस लडाकूहरूको समूहलाई लक्षित गरी आक्रमण गरेको हो ।

मारिनेमा आइएसका कमाण्डर फिरोज समेत रहेको प्रहरीले जनाएको छ । गत हप्ता अफगानिस्तानमा दाएस भनेर चिनिने आइएस समूहसँग सम्बद्ध तीन कट्टरपन्थीहरू मारिएका थिए ।

देशको उत्तरी सामंगन प्रान्तमा विभिन्न किसिमका ४० थान हतियार बरामद गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077