Jul 27 2026 | २०८३, श्रावण ११ गते

27 Jul 2026 | सोमवार, श्रावण ११ गते २०८३

सोमवार, श्रावण ११ गते २०८३
images
images

शहबाज सरिफलाई पदमुक्त गर्न माग गर्दै इमरान खान पुगे सर्वोच्च अदालत

एजेन्सी। पाकिस्तानका पूर्वप्रधानमन्त्री तथा पाकिस्तान तहरीक–ए–इन्साफ पार्टीका नेता इमरान खानले प्रधानमन्त्री शहबाज सरिफ र उनको मन्त्रिपरिषदलाई बर्खास्त गर्न उच्च अदालतमा निवेदन दिएका छन् ।

पीटीआईका वरिष्ठ नेता आन्दलीब अब्बास र हसन नियाजीले दायर गरेको निवेदनमा प्रधानमन्त्री शहबाज र उनका प्रमुख सचिवलाई सम्पत्ति शुद्धीकरण मुद्दालाई उठाइएको छ ।

प्रधानमन्त्री विरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा सक्रिय भएपनि उनी र उनको मन्त्रिपरिषद्का सदस्यले मुद्दामा घोषित अपराधीहरूलाई भेट्न लन्डन भ्रमण गरेको, जुन गरे, जुन कानुनको प्रष्ट उल्लङ्घन भएको निवेदनमा दाबी गरिएको छ ।

प्रधानमन्त्री शहबाजले लन्डन भ्रमणमा पूर्वप्रधानमन्त्री नवाज सरिफलाई भेटेको र जारी राजनीतिक, संवैधानिक र आर्थिक समस्याबाट आफ्नो पार्टीलाई अगाडि बढाउन सल्लाह मागेको बताइएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077