Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • पूर्वअर्थमन्त्री जनार्दन प्रकरण

    एमाले अध्यक्ष ओली भन्छन् – संसदीय विशेष समितिको प्रतिवेदन मान्य छैन

    एमाले अध्यक्ष ओली भन्छन् – संसदीय विशेष समितिको प्रतिवेदन मान्य छैन

    अनलाइन नेपाल
  • शनिबार, १४ साउन २०७९
  • 1.1K
    SHARES

    काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठित संसदीय विशेष समितिको प्रतिवेदन मान्य नहुने टिप्पणी गरेका छन् ।

    बहुमत र अल्पमतका आधारमा प्रतिवेदन ल्याइएको भन्दै उनले प्रतिवेदन मान्य नहुने बताएका हुन् । समितिले बजेट निर्माणमा अनधिकृत व्यक्तिको प्रवेश गराएको नपाइएको प्रतिवेदन सभामुखलाई बुझाएको थियो ।



    शनिबार राष्ट्रिय युवा संघले गरेको कार्यक्रममा एमाले अध्यक्ष ओलीले सत्तारुढ गठबन्धनको बहुमत हुनेगरी समिति गठन भएको आरोप लगाए ।



    संसदीय छानबिन विशेष समितिले बजेट निर्माणका क्रममा करका दर निर्धारणमा अनधिकृत व्यक्ति प्रवेश गरेको नदेखिएको निष्कर्ष निकालेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार