Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

टेलिभिजनमा पाएको लोकप्रियताले राजनीतिमा आएको होइन, प्रतिबद्ध भएर आएको हुँ : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले टेलिभिजनमा पाएको लोकप्रियताको ब्याज खान राजनीतिमा नआएको बताएका छन् ।

शनिबार धनगढीमा पार्टीको प्रदेश भेलालाई सम्बोधन गर्दै लामिछानेले यस्तो बताएका हुन् ।

‘मैले टेलिभिजनमा काम गरेको लोकप्रियताको फाइदा उठाउनका लागि चुनावी मैदानमा तपाईँसँग भोट माग्न आएको होइन,' उनले भने,'प्रतिबद्ध भएर भोट माग्न आएको छु ।'

उनले प्रतिबद्ध साथीहरूको टिम बनाएर भोट माग्न आएको बताए । 'टेलिभिजनमा के गरेँ कति गरेँ ? म त्यसको ब्याज खान्न । अहिलेका नेताहरूले जस्तो यति वर्ष जेल बसेँ भने जस्तै मैले टिभीमा यति वर्ष काम गरे भन्दिनँ,' उनले भने ।

यस्तै लामिछानेले अर्थमन्त्रालयको डिलिट भएको भनिएको सिसिटिभी फुटेज एक घण्टामै रिकभर हुने दाबीसमेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077