Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

अर्थमन्त्रीबारे छलफल गर्न माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो ३ बजे स्थायी कमिटी बैठक बस्न लागेको हो ।

आजको बैठकमा केन्द्रीय पदाधिकारी र पोलिटब्युरो चयनका विषयमा छलफल हुने बताइएको छ । साथै आजको बैठकमा अर्थमन्त्रीका विषयमा पनि छलफल हुने जनाइएको छ ।

बजेट बनाउँदा अनधिकृत व्यक्ति प्रवेश गराएको आरोप लागेपछि शर्माले २२ असारमा अर्थमन्त्री पदबाट राजीनामा दिएका थिए ।

उनीबारे छानबिनका लागि संसदीय छानबिन विशेष समिति गठन गरिए पनि उसले शर्माविरुद्ध कुनै प्रमाण नभेटिएको भन्दै सफाइ दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077