Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बङ्लादेशसँगको पहिलो टी–२० क्रिकेटमा जिम्बाब्वे विजयी

एजेन्सी । पहिलो टी–२० क्रिकेटमा घरेलु टोली जिम्बाब्वे विजयी भएको छ । हरारेमा गएराति भएको खेलमा जिम्बाब्वेले बङ्लादेशलाई १८ रनले पराजित गरेको हो ।

जितसँगै ३ खेलको टी–२० शृङ्खलामा जिम्बाब्वेले १–० को अग्रता बनाएको छ ।

टस जितेर पहिला ब्याटिङ गरेको जिम्बाब्वेले दिएको २ सय ६ रनको लक्ष्य पछ्याएको बङ्लादेशले २० ओभरमा ६ विकेट गुमाएर १ सय ८८ रन मात्र बनायो । त्यसअघि पहिले ब्याटिङ गरेको जिम्बाब्वेले २० ओभरमा ३ विकेट गुमाएर २ सय ५ रन बनाएको थियो ।

जिम्बाब्वेका उस्ले माधिभेरी तथा सिकन्दर राजाले अर्धशतकीय पारी खेले । यी दुई टोलीबीच आज दोस्रो टी–२० खेल हुनेछ । त्यस्तै मङ्गलवार तेस्रो तथा अन्तिम टी–२० खेल हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077