Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

लाइसेन्स लिएर विद्युत उत्पादन नगर्ने कम्पनीको पीपीए खोरज गरिने

काठमाडौं । उर्जा जलस्रोत तथा सिंचाईमन्त्री पम्फा भुसालले विद्युत उत्पादन गर्ने लाइसेन्स लिएर विद्युत उत्पादन नगर्ने कम्पनीको पीपीए खोरज गर्ने बताएकी छन् ।

नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले आइतबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा ऊर्जामन्त्री भुसालले करिब १६ सय मेगावाट बराबरका आयोजनाहरूको पीपीए सम्झौता भएर पनि लामो समयदेखि निर्माण हुन नसकेको भन्दै खोला/नदी ओगटेर बस्ने प्रवृत्तिलाई निस्तेज गर्ने गरि कदम चालिने बताएकी हुन्।

टेक अर पे प्रावधानमा पीपीए गरिएका आयोजनाहरू सुरु नहुँदा वित्तीय जोखिमसमेत देखिएकाले यस विषयमा मन्त्रालयले चाडै आवश्यक निर्णय गर्ने उनले बताइन्।

मन्त्री भुसालले नेपाल विद्युत् प्राधिकरणले पीपीए गरेका करिब ३ हजार २ सय मेगावाटका जलविद्युत् आयोजनाहरू निर्माणाधीन अवस्थामा रहेको जानकारी दिइन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077