Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

साताको पहिलो दिन ५४ अंक बढ्यो सेयर बजार परिसूचक नेप्से

काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजारको परिसूचक नेप्से ५४. ५८ अंक बढेको छ । सो अंकको वृद्धिपछि नेप्से २१९५ अंकमा पुगेको छ । कुल ४ अर्ब ६० करोड रुपैयाँको कारोबार भयो । फाइनान्स उपसमूह ३२ अंक घट्यो भने अरु सबै बढे ।

बैंकिङ ४०, विकास बैंक ३१, होटल तथा पर्यटन ८०, जलविद्युत् २०, जीवन बीमा ४१२, उत्पादन ९८, माइक्रोफाइनान्स ५४, निर्जीवन बीमा ३७४, अन्य ५२ र ब्यापार उपसमूह ७५ अंक बढे ।

कुल १२६ कम्पनीको मूल्य बढ्दा ५१ को घट्यो भने ३ को स्थिर रह्यो । १० कम्पनीको मूल्य १० प्रतिशत हाराहारी बढेको छ । एनएलजी इन्स्योरेन्स, नेपाल इन्स्योरेन्स, नेको, आईएमई जनरल, प्रुडेन्सियलको मूल्य १० प्रतिशत बढ्यो ।

त्यस्तै युनाइटेड इदी मर्दी, स्वाभिमान लघुवित्त, युनाइटेड इन्स्योरेन्स, नेसनल लाइफ र स्टान्डर्ड चार्टड बैंकको मूल्य साढे ९ प्रतिशतभन्दा धेरै बढ्यो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077