Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • जनार्दन प्रकरणमा ओली भन्छन् – तथ्य बाहिर आउँछ भनेर सीसीटीभी फुटेज नै गायब पारियो

    जनार्दन प्रकरणमा ओली भन्छन् – तथ्य बाहिर आउँछ भनेर सीसीटीभी फुटेज नै गायब पारियो

    अनलाइन नेपाल
  • आइतबार, १५ साउन २०७९
  • 951
    SHARES

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले तत्कालीन अर्थमन्त्री जनार्दन शर्माको छानवीनका लागि गठित संसदीय विशेष समितिलाई कल डिटेल समेत हेर्न नदिएको बताएका छन् ।

    साउन १५ अर्थात खीर खाने दिनको अवसर पारेर पार्टी केन्द्रिय कार्यालय च्यासलमा आयोजना गरिएको एक कार्यक्रममा बोल्दै उनले कल डिटेल समेत हेर्न नदिएको भन्दै आक्रोश व्यक्त गरेका हुन् ।



    अध्यक्ष ओलीले समिति भित्रै रहेका सत्तारुढ दलका सांसदहरुले नै सो समितिलाई कल डिटेल हेर्न नदिएको दाबी गरे । उनले तत्कालीन अर्थमन्त्री शर्माको तथ्य बाहिर आउँछ भनेर अर्थ मन्त्रालयको सिसीटिभी फुटेजनै गायव गरिएको दावी दाबी गरे ।



    ‘अहिले सिसिटिभी राख्दा त फुटेज गायव । आजकालको जमानामा कल डिटेल हुन्छ । तर, हेर्न नपाईने । कल डिटेल हेर्न चाँही पाईदैन, लजा । अव ऊ बेला त न कल डिटेल, न फुटेज । न मोबाईल, न क्यामेरा, न फोटो । ऊ बेला चोरी पत्ता लगाउनु प¥यो भने तामा–तुलसी राखेर कसम खाने चलन थियो,’ उनले भने ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार