Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

थुनुवा युवतीलाई बलात्कार प्रयास गरेको आरोपमा असई निलम्बित

बाँके । थुनुवा युवतीलाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरी सहायक निरीक्षक (असई) प्रवीण चौलागाईंलाई निलम्बित भएका छन् ।

बाँकेको कोहलपुर इलाका प्रहरी कार्यालयमा थुनुवा युवतीलाई बलात्कार गरेको आरोपमा चौलागाईं निलम्बन भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले असई चौलागाईंलाई निलम्बन गरेका हुन् । चौलागाईंविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता गरिएको छ ।

साउन ११ गते बहुविवाह गरेको अरोपमा थुनामा रहेकी महिलालाई हिरासत व्यवस्थापन अधिकृतसमेत रहेका कोहलपुर इलाका प्रहरीका असई चौलागाईंले आफनो कोठामा बोलाएर यौन दुर्व्यवहार गरेको प्रहरीको अनुसन्धानमा खुलेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077