Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • सम्पत्ति शुद्धीकरण मुद्दा : शिव सेनाका सांसद सञ्जय राउत पक्राउ

    सम्पत्ति शुद्धीकरण मुद्दा : शिव सेनाका सांसद सञ्जय राउत पक्राउ

    अनलाइन नेपाल
  • सोमबार, १६ साउन २०७९
  • 891
    SHARES

    एजेन्सी । शिवसेना नेता सञ्जय राउतलाई प्रवर्तन निर्देशनालय (ईडी) ले पक्राउ गरेको छ ।

    सञ्जय राउतका भाइ सुनील राउतले अधिकारीहरूले सञ्जयलाई दक्षिण मुम्बईको ईडीको कार्यालयमा लगेको जानकारी दिएका छन् । ईडीका अधिकारीहरू बिहान सञ्जय राउतको घर पुगेका थिए।



    अधिकारीहरूबाट प्राप्त जानकारी अनुसार ईडीले उनलाई सोधपुछका लागि दुईवटा सूचना पठाएको थियो तर उनी हाजिर भएनन् ।



    यसअघि, समाचार एजेन्सी पीटीआईले अधिकारीहरूलाई उद्धृत गर्दै सञ्जय राउतमाथि सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धान भइरहेको जनाएको थियो । यता एएनआईले ईडीले पत्रा चावल जग्गा घोटाला मामिलामा राउतमाथि कारबाही गरेको बताएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार