Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • एमाले अध्यक्ष ओली भन्छन् – लिम्पियाधुरासहितको नक्सा ल्याएपछि प्रधानमन्त्रीबाट हट्नुपर्‍यो

    एमाले अध्यक्ष ओली भन्छन् – लिम्पियाधुरासहितको नक्सा ल्याएपछि प्रधानमन्त्रीबाट हट्नुपर्‍यो

    अनलाइन नेपाल
  • सोमबार, १६ साउन २०७९
  • 963
    SHARES

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले लिम्पियाधुरा, लिपुलेकको भूभागलाई नेपाली नक्सामा सामेल गरेपछि प्रधानमन्त्रीबाट हट्नुपरेको बताएका छन् ।

    काठमाडौंमा पूर्वसचिव द्वारिकानाथ ढुंगेलद्वारा लिखित ‘चक्रब्यूहमा नेपाली जलस्रोत’ शीर्षकको पुस्तक विमोचनमा ओलीले यस्तो बताएका हुन् ।



    लिम्पियाधुरा र लिपुलेकलाई नेपाली नक्सामा सामेल गरेपछि प्रधानमन्त्रीबाट हट्नुपरेको ओलीले टिप्पणी गरे । सुगौली सन्धिले महाकाली नदीलाई सिमाना मानेपछि लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपाली भूभाग नै भएकोमा विवाद नरहेको ओलीले बताए ।



    उनले आफू पहिलो पटक प्रधानमन्त्री हुँदा चीनसँग पारवहन सन्धि गरेपछि पनि प्रधानमन्त्रीबाट हट्नुपरेको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार