Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • ओलीको आरोप – प्रचण्ड, माधव, झलनाथ, नारायणकाजी र वामदेव देशद्रोही हुन्

    ओलीको आरोप – प्रचण्ड, माधव, झलनाथ, नारायणकाजी र वामदेव देशद्रोही हुन्

    अनलाइन नेपाल
  • मंगलबार, १७ साउन २०७९
  • 789
    SHARES

    फाइल तस्विर

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तत्कालीन नेकपाका पाँच नेताहरूलाई देशद्रोहीको आरोप लगाएका छन् ।

    माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, पूर्वप्रधानमन्त्री झलनाथ खनाल, पूर्वउपप्रधानमन्त्रीहरू नारायणकाजी श्रेष्ठ र वामदेव गौतम जनविरोधी र देशद्रोही भएको ओलीले आरोप लगाएका हुन् ।



    मंगलबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित तुल्सीलाल अमात्य स्मृति दिवसमा उनले सत्तारुढ गठबन्धनबाहिर रहेका वामपन्थी दलहरूलाई एकतामा आउन आग्रह गरेका छन् भने गठबन्धनमा रहेका कम्युनिस्ट पार्टीहरूलाई आत्मआलोचना गरेर आए सोच्ने बताए ।



    ‘गठबन्धन छोडेर आए, गठबन्धन बेठिक हो भनेर त्यसका उद्देश्यलाई परित्याग गरेर आए भने उनीहरूको बारेमा पनि विचार गर्न सकिएला । गठबन्धनमा बसेर दुष्ट उद्देश्य राखेर अस्ति त पाँच भाइ भेला भएछन् । जो नेकपामा हुँदा दुःख दिनेहरू थिए नि । पाँच भाइ पार्टी फुटाउनेहरू जम्मा भएछन् । अनि के पो बनाउने भने, समाजवादी केन्द्र बनाउने । समाजवादी भन्दैमा समाजवादी हुन्छ मान्छे ? यी समाजवादी ?,’ उनले भने, ‘यी जनविरोधी, देशद्रोही, यी एमसीसी, यी एसपीपी, यिनीहरू समाजवादी ? यिनीहरू न समाजवादी हुन्, न केही हुन् ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार