Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

प्रदीप ज्ञवालीको आरोप - बहुमतको आडमा अर्थमन्त्री शर्मालाई चोख्याउने काम भयो

रामेछाप । संसदीय विशेष समितिमा बहुमतको आडमा अर्थमन्त्री जनार्दन शर्मालाई चोख्याउने काम भएको एमालेले आरोप लगाएको छ ।

रामेछापमा जिल्ला स्तरिय प्रशिक्षणमा नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले संसदीय छानविन विशेष समितिमा एमालेले असहमति जनाउँदै आएको बताएका हुन् ।

संसदीय छानबिन समितिका सदस्य समेत रहेका ज्ञवालीले भने,‘छानविनको दायरामा रहेका व्यक्तिहरुको कल डिटेल र मोबाइल लोकेसन हेरौं भन्दा सत्ता पक्षीय सदस्य मान्नु भएन।

बजेट निर्माण प्रक्रियामा संलग्न कर्मचारीहरुको भूमिकासहितको विवरण उपलब्ध भएन । यसले छानबिन कार्य गम्भीर रूपमा प्रभावित भएको छ। त्यसैले हामीले फरक मत राखेका छौं।’ छानबीनको क्रममा अर्थ मन्त्रालयका अधिकारीबाट पनि पर्याप्त सहयोग नपाएको ज्ञवालीले बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077