Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

अष्ट्रेलियामा गोली चल्यो, तीन जनाको मृत्यु

ब्रिसबेन । उत्तरी अष्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु हुनुका साथै अर्का एक जना गम्भीर घाइते भएका छन् ।

स्थानीय समयअनुसार बिहीबार बिहान क्वीन्सल्याण्डको बोगीमा रहेको एउटा गाईवस्तु फार्ममा गोली चलेको अधिकारीहरूले बताएका छन् ।

क्वीन्सल्याण्ड पुलिसले ‘हत्यारा’ को खोजी गर्दै घटनास्थल वरपर घेरा हालेको छ । घटनाका दोषीको प्रहरीले अनुसन्धान सुरु गरिरहेको छ ।

ब्रिस्बेनबाट लगभग १२ सय किलोमिटर उत्तरमा रहेको बोगी २०० मानिस बसोबास गर्छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077