Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

चुनावमा सुरक्षा दिन सक्षम छौं : प्रहरी प्रवक्ता राई

काठमाडौं । सरकारले ४ मंसिरका लागि प्रदेश र प्रतिनिधिसभाको निर्वाचन गर्ने निर्णय गरेसँगै नेपाल प्रहरीले सुरक्षा तयारी थालेको छ ।

केन्द्रीय प्रहरी प्रवक्ता टेकप्रसाद राईका अनुसार प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचन, २०८९ विशेष सुरक्षा कार्ययोजना बनाउन थालिएको छ ।

प्रहरीले यसअघि दुई चरणमा निर्वाचन भए शान्ति सुरक्षा र निर्वाचनको सुरक्षा व्यवस्थापन सहज हुने बताउँदै आएको थियो ।

तर सरकारले एकैचरणमा चुनाव गर्ने निर्णय गरेपछि प्रवक्ता राईले भने, ‘विगतमा एकैचरणमा भएको स्थानीय तह निर्वाचन पनि शान्तिपूर्ण, भयरहीत र निष्पक्ष तवरमा प्रहरीले सम्पन्न गराएको हो, यसपालि पनि सुरक्षामा कुनै त्रुटि रहँदैन ।’

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077