Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • ओलीले भने – हामी एक चीन नीतिमा विश्वास गर्छौं, हाम्रो भूमि कसैको विरूद्ध प्रयोग हुन दिन्नौं

    ओलीले भने – हामी एक चीन नीतिमा विश्वास गर्छौं, हाम्रो भूमि कसैको विरूद्ध प्रयोग हुन दिन्नौं

    अनलाइन नेपाल
  • बिहिबार, १९ साउन २०७९
  • 837
    SHARES

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीले एक चीन नीतिमा विश्वास गर्ने बताएका छन् ।

    एमालेको केन्द्रीय प्रचार तथा प्रकाशन विभागले आयोजना गरेको कार्यक्रममा अन्तर्राष्ट्रिय मामिलामा कलम चलाउने पत्रकारसँग अन्तरक्रिया गर्दै ओलीले यस्तो बताएका हुन् ।



    उनले अरुजस्तो बाहिर-बाहिर एक चीन नीति भन्ने र भित्र-भित्रै फरक काम गर्ने नभएको बताए । अमेरिकी सभामुख नान्सी पेलोसीले दुई दिनअघि ताइवान भ्रमण गरेको प्रसंगमाथि टिप्पणी गर्दै ओलीले छिमेकीहरूसँग भरपर्दो छिमेकीपनको भूमिका निभाउने बताए ।



    ‘संसारको कुनै पनि देशको संवेदनशीलता हुने भएकाले कसैको पनि आन्तरिक मामिलालाई हस्तक्षेप गर्नु हुँदैन । कसैको पनि शान्ति खल्बल्याउने खालको काम गर्नु हुँदैन,’ उनले भने,‘तिब्बतमा हाम्रो प्रस्ट धारणा छस यसमा हाम्रो धारणा तलमाथि हुँदैन । ठूला शक्तिहरू र अन्तर्राष्ट्रिय शक्तिहरू के गर्छन् आ-आफ्नो स्थानमा छ तर हामी हाम्रो भूमि अरू कसैको विरूद्ध प्रयोग हुन दिन्नौं ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार