Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

चिनियाँ नागरिकको अपहरण : न्यायाधीशका पिएसओ र घुमुवा प्रहरी संलग्न रहेको खुलासा

काठमाडौं । काठमाडौंमा चिनियाँ नागरिकको अपहरण घटनामा दुईजना प्रहरी समेत संलग्न रहेको खुलेको छ ।

बुधबार साँझ दरबारमार्गबाट चिनियाँ नागरिकलाई अपहरण गरेर एक करोड रुपैयाँ फिरौती मागेको घटनामा प्रहरीको समेत संलग्नता रहेको पाइएको हो ।

चिनियाँ नागरिकलाई अपहरण गरी उनीहरूले नयाँ बसपार्कमा बन्धक बनाएका थिए । घटनामा एक प्रहरी हवल्दार र अन्य एकजना संलग्न भएको पाइएको हो ।

पक्राउ पर्नेहरुमा एक न्यायाधीशका पर्सनल सेक्युरेटी अफिसर (पिएसओ) हवल्दार गोरखाको आरुघाट गाउँपालिका–७ घर भइ काठमाडौं रानिबारी बस्दै आएका २७ वर्षीय कर्णबहादुर गुरुङ तथा प्रहरी वृत्त बालाजुमा कार्यरत रहेका घुमुवा प्रहरी बर्दियाको राजापुर नगरपालिका–१० घर भएका २८ वर्षीय शिव सुनार रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077