Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

बालुवाटारबाट १२ जना जुवाडे पक्राउ, ४ लाख बरामद

काठमाडौं । काठमाडौं महानगरपालिका–४ स्थित बालुवाटारको जुवा खालमा प्रहरीले छापा मारेको छ ।

रुपचन्द्र श्रेष्ठले संचालन गरेको जुवा खालबाट १२ जना जुवाडेहरुलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

जुवा खालबाट पक्राउ पर्नेमा संचालक रुपचन्द्र श्रेष्ठ, उत्तम गुरुङ, दिनेशकुमार लिम्बु र एकजना महिला सहित १२ जना छन् ।

चाइनिज एम्बेसी नजिकै रहेको जुवा खालबाट प्रहरीले ४ लाख २७ हजार नगद बरामद गरेको छ । घटनाबारे प्रहरी वृत मालीगाउँले अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077