Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • प्रधानमन्त्री कार्यालय सचिव थुपार्ने अखडा

    प्रधानमन्त्री कार्यालय सचिव थुपार्ने अखडा

    अनलाइन नेपाल
  • शनिबार, २१ साउन २०७९
  • 999
    SHARES

    फाइल तस्विर

    काठमाडौं । ‘लायक’ सचिव राखेर एक्सनमा उत्रनुपर्ने प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय ‘सचिव डम्प गर्ने अखडा’ बन्न पुगेको छ ।

    कसैलाई मन्त्रालयबाट हटाउनुपर्यो भने ती सचिवलाई प्रधानमन्त्री कार्यालय लगेर कारबाही गरेको अनुभूति दिलाइन्छ । यस्ता प्रवृत्तिका कारण प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको कामकारवाही प्रभावकारी हुन नसकेको कार्यालयकै कर्मचारीको आरोप छ ।



    यसअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सात सचिव रहेकोमा बिहीबार बसेको मन्त्रीपरिषद् बैठकले पुनस् दुई सचिव प्रधानमन्त्री कार्यालयमा ल्याएको छ ।



    अर्थ मन्त्रालयका सचिव मधु मरासिनी र उद्योग मन्त्रालयका सचिव अर्जुन पोखरेललाई प्रधानमन्त्री कार्यलयको अतिरिक्त समूहमा राखिएको छ । जहाँ उनीहरुको कुनै काम नै हुँदैन । राजधानी दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार